संदेश

माल

चित्र
कथा
नरबहादुर घिमिरे।
हामी तारेभिरको हावा खाएर फर्किदै थियौं। हावा खानु नै भन्छन् हाम्रोतिर। त्यै बानी लागेको मलाई पनि। साँझ पाँच बजी
छेउछाउ। एक हुल केटाहरू सडक छेउ बसेर मरिमरी हाँसी रहेका थिए।"आम्बो....। बाघले मुतेको माल रहेछ यार। कस्सम दाम्मी। खसी पारेको रहैछ।" एउटाले भन्यो।
"अोई यसलाई हेर त। ट्रिप हानेछ। हहह हहह।" यसरी उनीहरू हाँसीरहेका थिए। मानौं उनीहरू संसारका सबैभन्दा खुशी र सन्तुष्ट मानिसहरू हुन्।*पेम्बा, साह्रै गम्भीर स्वभावको मान्छे। हरेक कुरा गम्भीरतापूर्वक लिन्छ। सानो सानो कामदेखि लिएर स्कुलको परिक्षासम्म। पेम्बा स्कुलले केटा हो। उसको निम्ति सबैभन्दा ठूलो काम त परिक्षा नै हो। अहिले बाह्रौ श्रेणीमा छ। एकजना गर्लफ्रेन्ड पनि बनाएको छ। उ पनि साह्रै सिधा छे। बिहान स्कुल आउनु। पढ्नु। पेम्बासँग बात मार्नु। घर फर्किनु। बस् यति काम छ उसित पनि।उनीहरूले पढ्नुको उदेश्य के हो। अर्थात् स्कुल जानुको मतलब के हो। किन गएका। यो सब कुरा सोच्ने क्षमता राख्छ पेम्बा। तर अाज ठीक एक हप्ता भएको छ पेम्बा ती केटाहरूसँग हिड्न थालेको। स्कुलमा सबैजना अचम्म मानिरहेका छन्। पेम्बा ती केटाह…

सर, एउटा ब्ल्याकबोर्ड तपाईकै पर्खाइमा छ

चित्र
एउटा पुरानो
पाठशालाको सानो कक्षा कोठामा
युग युगदेखि
बदलिँदै न बदलिएको
हजारौं जीवनमा व्यप्त
थोत्रो परम्पराहरू मेटाउन
आज तपाईको पर्खाइमा छ
एउटा ब्ल्याकबोर्ड।एक ब्ल्याकबोर्ड
तपाईकै पर्खाइमा छ
जहाँ
नयाँ युगका
सेता सेता बिरुवाहरू
तपाईले उमार्नु छ।
जहाँ क्रान्तिका कविताहरू
बोल्ड अक्षरमा तपाईले लेख्नु छ
र सुनाउनुछ
बढदै नबढेका पाइलाहरूलाई।एउटा कथा लेख्नुछ तपाईले
जसले तमाम
कलिला पाइतालाहरूलाई
गन्तव्यको चुचुरो देखाउन सफल बनोस्।समाज परिवर्तनको बाटो लेख्नुछ तपाईले।
भविष्यको माटो देखाउनुछ तपाईले।आउनुस् सर,
तपाईकै पर्खाइमा छ
एउटा चर्किएको ब्ल्याकबोर्ड
जहा तपाईले हजार सपना जोडिदिनुछ।तपाईले ब्ल्याकबोर्ड कोरेर
घाम जून बचाउने
एक हुल सेना तयार पार्नुछ।
खोला/नाला/
झार र झंगल।
पृथ्वी / शनि/ मंगल
यी सबैलाई लामो सास दिने
लाखौं रुख-पात फलाउनु/फुलाउनुछ।समयले छाडेर गइसकेपछि पनि
तातिनै नसकेका चिसो चुल्होहरूमा
सुर्यका ताप फर्काउन सक्ने
बिज्ञानको कन्टेन्ट
तपाईले तयार पार्नुछ
र म अनि मेरा
तमाम बिद्यार्थी साथीहरूलाई
सुम्पिनु छ।आउनुस् सर,
भाच्चिएर टुक्रा टुक्रा भएका
चकहरू
तपाईकै इन्ताजारमा छन्
जसलाई कोरेर …

मसीसित डराउने

चित्र
केही बिचारहरु
उसले जबर्जस्ती दबाउन खोज्यो
भूगोलमा बडा बडा पहाड दबिए जस्तै
मानो उसले आफैलाई 
एउटा बिनाशकारी भुकम्प सम्झिएको थियो।केही इतिहास तलवारका धार
अघि राखेर लेखायो।
केही सबुत उसले चबाएरै मेटायो।भए भएभरको कोसिस गर्यो
केही शब्दहरु युगका 
पानाबाट मेटाउन।
आँखा चिम्म गरेर 
उसले चलाइरह्यो गोली 
मात्रै बिरोध शब्दलाई 
जमिनमा लेटाउन।कलम भाच्यो / मसी चुस्यो
पन्ना च्यात्यो /आगो झोस्यो...
----------------------------------------
उ अहिले डराउदै छ
लग लग काप्दै छ कि 
कुन दिन भूगोलमा नयाँ पहाड पलाउने छ
र उ बसेको जमिन तल झर्नेछ।अहिले उ डराउछ
जब मसीको सट्टा खुनले लेखिएका 
रातो रातो बिरोधहरु देख्छ
सोच्छ मन मनै कि 
खुन कति चखिलो।अहिले उ डराउछ
जब छरिएका मसीहरुले
बनिसकेको कुनै "एब्स्ट्रयाक चित्रहरु देख्छ
हेर्छ राम्ररी 
कि के बुझाउछ त्यो चित्रले।जब देख्छ 
आसुका टाटाहरु कसैको गालामा
उ डराउछ
अचम्मका साईनहरु त्यहाँ देखेर।उसले सडकको भित्ताहरु 
भत्काउन चहान्छ
बिरोधका पुस्तकालयहरु 
जलाउन चहान्छ।
तर उ सधै  असमर्थ बन्छ
जब उ देख्छ मुठ्ठी पारिएका हातहरु
पुस्तकका आवरणहरुमा।जब कुनै शिक्षकले 
रातो कलमले क्रस ग…

कमरेड तिम्रो भाउ, कति लगायो? - नरबहादुर घिमिरे

चित्र
कमरेड,
तिम्रो भाउ कति लगायो उसले
र तिमीले तिम्रो चेतना
किलोको भाउमा सुम्पियौं?
भन कमरेड भन...
रक्त  क्रान्तिका कुराहरु फुकेर
तिमी बुर्जुवाको भक्त बन्यौ?
भन कमरेड भन..
तिमीले हाम्रो गाउँको भाउ
कति सोचेका छौं ?
हाम्रो समाजको,
हाम्रो देशको भाउ
कति सोचेका छौं ?सर्वहारालाई सुखदिने सपना सम्झाएर
सर्वभोगीलाई समात्यौ
भन कमरेड भन...
तिमीले तिम्रो साथीलाई कतिमा बेच्यौ?कास्त्रोको सात घण्टे भाषण सुन्दा
हाई...सम्म नगरी
रातो बनेका तिम्रा गालाका छालाहरु
कसरी एका एक चिसिए?
कसरी मिसिए तिम्रा स्वच्छ सपनाहरु
अन्धविश्वासी छालाहरुसित?कमरेड,
मेरो गाउँमा,
मेरो, समाजमा,
मेरा देशमा अझ पनि पसिनाको गन्ध पर्फ्युमले साट्ने कोसिस हुदैछ।
यहाँ हेपिएका, थिचिएका, लुछिएका सपनाहरु
मन्दिर, मस्जिद र गुम्बा अघि अझ लम्पसार छन् ..
र पण्डित भित्र बसेर
ओर्ग्यानिक फल खाईरहेका छन्।
यस्तो हुदाहुदै पनि तिमी
कसरी चुप बस्न सकिरहेका छौं?लेनिनका कुरा सिकाउने तिमी,
अहिले कसरी लुटेरा बन्यौ?
मार्क्सका कुरा सिकाउने तिमी
रातारात कसरी मुर्ख बन्यौ?कमरेड,
तिमी कसरी
येती कम रेटमा बिक्यौ?
तिम्रो रेट त आकाश भन्दा लामो र
ब्राह्मण्ड भन्दा ठूलो …

संस्मरण : म किन कवितामाथि सिरियस बने?

चित्र
एकदिन एकजना साथीले मलाई हास्दै भन्यो
कवि ज्यू एउटा कविता सुनुम न..।
मेरो अनुहारमा देखा परेको कुनै शिक्षकले रातो पेनले ठूलो क्रस साईन बनाईदिएको जस्तो देखेर अहिलेसम्म उसले मसँग कविताको कुरा गरेको छैन। त्यो समय मलाई सबैभन्दा धेर रिस उठेको थियो। मलाई आफूमाथिको भन्दा पनि कवितामाथिको त्यो हेलासित रिस थियो। उसले जिस्किदै कविताको कुरा गर्नु मलाई दुश्मन जस्तै लाग्यो। मैले भने
कवितालाई सिरियस लिदैनस् भने कविताको कुरा नगरेकै राम्रो..।
खासमा उसले कविता पढेको पनि देखेको थिन साहित्य रुचाएको पनि देखेको थिन मैले त्यसै पनि रिस उठेको होला।
यो त भर्खरैको कुरा हो। यहाँ मैले त्यसै विगतको स्मृतिमा हराउँदै केही कोर्न चाहेको छु। प्रिय पाठकबर्ग यो मेरो ब्यक्तिगत घटना र साचो घटनाहरु हो। यसैले  यो लेखले कसैलाई केही ठेस पुर्‍याए अघिबाट नै माफी चहान्छु।
मलाई ढाटे बानी थियो। तर सत्य लुकाउन कहिले जानिन्।  कक्षा सातमा हुदा एउटा कविता लेखेको थिए। त्योभन्दा अघि पनि टालटुल पारेर केही कविताहरु लेखेको थिए। तर ती जम्मै आफ्नो थिए। सबै मेरै थिए। तर एउटा कविता अरुभन्दा फरक अरुभन्दा स्पेसल बनाउने हेतुले लतरपतर लेखेको कविता …

सपनाको छाता

ओथ्रा बसेको
कुनै पंक्षीको अण्डामा
दुई थोपा पानी पर्दा
तपाईलाई कस्तो लाग्छ?जसरी तिमी सोच्दै छौं
पहिलो पटक छाता ओढेर
स्कुल गएको दिन।
त्यो पंक्षीले त उड्दै गरेको
बचेराको रोज सपना देख्छ।जस्तो कि तिमी र तिम्रो प्रेमिका
एकै छाता मुनि ओत्तिएका थियौं।
ती पंक्षीको पासमा छैन छाता
न नै छ रुखका पाताहरु..
हुरीले जम्मै हागाहरु भाचिदिएको छ
अघि उभिएको छ त मात्र एउटा "ड्रिमलेस्" रुख।स्मृतिका कागजहरु पल्टाउदै
तिमी टक्टक्याउदै छौं
बचपनको सपनाहरु
जस्तो कि एकदिन म पनि
ठूलो छाता ओढेर स्कुल जान्छु..अनि भिज्दैनन् मेरा ब्यागहरु..
अनि भिज्दैनन् मेरा किताबहरु।हौ, सपनामा बाच्ने 'तिमी'
कहिले सोचेका छौं..
कि देशका गल्ली-गल्ली
र सडक-सडकमा
कति ब्यागहरु भिजेका छन्
कति किताबहरु भिजेका छन्
अनि कति सपनाहरु भिजेका छन् ।वस्तामा तिमीले छाताको सपना देखेर
गलत गरेका थियौं।
वस्तामा तिमीले ओतको सपना देखेर
गलत गरेका थियौं।याद राख...
त्यो पंक्षीलाई थहा थियो
सपना देख्नु पाप होइन
तर बिपना बिर्सिनु महा पाप हो।
त्यसैले अहिले हेर त्यहाँ रुखमा
गुड मात्र छ त्यो पंक्षी छैन।हौ, करङ् भाच्चिएको छाता जस्तो '…

Short Story of N.B. Ghimirey

तिमी जाने सिलगुडी म जाने सिक्किमतिर।त्यो दिन नाम्ची बजार निकै बिजी थियो। कागको गणगण अनि गाडीको होहल्ला। कुकुरको चक्चक् अनि मान्छेको आउजाउ। नाम्ची बजारले हेरिरहेको थियो एउटा ब्रेक फ्रि मूभी।एता कवि अगमसिंह सडक एकातिर तन्किरहेको अनि उ माथि जीवन चलिरहेको। दृश्य एकदमै रोमाञ्चक। सेन्ट्रल पार्कको शीतल हावा अनि म एकअर्कालाई अंगालो हालाहाल खेलीरहेका थियौं।
सबै आ आफ्नै संसारमा रुमलिरहेका थिए।साँझ पाँच बजिसकेको समय। सुर्यले पहाड पछाडि हाम्फाली सकेको थियो। म बसिरहेको बेन्चमा छेउमा उनी आएर बसिनन्। मेरो ध्यान फोनबाट हट्न गयो। जब मेरो नयन उनीमाथि पर्न गयो हो साथी त्यै दिन हो मैले "म" हराएको र अझसम्म भेट्न सकेको छैन। कोठामा फर्केर म अलमलिरहेको थिए। "ओई के भयो ?" साथीको प्रश्न आयो।
"आकाशले आज मलाई हेप्नुसम्म हेप्यो यार..."
मैले उत्तर दिए। उ अक्क न बक्क। एकबर्षको छोटो तर मेरो निम्ति युगौंको समयपछि उनलाई आज सिलगुडीको बसमा चडेर गएको देखे।
अहिले म बिपुल छेत्रीसित छु तिमी जाने सिलगुडी
म जाने सिक्किमतिर।